स्वार्थकाे राेटी सेक्न प्रतिक्षामा नेपाल,दिए यस्ताे प्रतिक्रीया

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुनसक्ने संकेत गरेका छन् ।

शनिबार एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे ।

‘अब विकल्प कि मिलेर जानु ,कि अरुलाई साथ दिनु कि त चुनावमा जानु हो । हामीलाई त फरक पर्नेवाला छैन। किनभने हाम्रो साथीहरुको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ।’ उनले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौं भन्ने विश्वासमा छौं। अरु पार्टीहरुकोे सातो गएको छ । यत्रो ठूलो सङख्या छ । अर्को पटक त २० भन्दा बड्दैन् भनेर डराएका छन् ।’

उनले आफूहरु भ्रष्ट नभएको भन्दै कसैले औला उठाउँदैमा आत्तिन नपर्ने टिप्पणी गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार