लोसपाको डेध बर्षपछि बल्ल पहिलो केन्द्रिय समितिको बैठक, राजेन्द्र महतोद्वारा बहिष्कार अनिल झा पनि अनुपस्थित 

13k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरी महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेताहरूले २०७९ भदौ १ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए।

पार्टी गठन भएको डेढ बर्ष पछि बसेको पहिलो केन्द्रिय समिति बैठकमै चरम विवाद देखिएको छ । पार्टीका बरिस्ठ नेता राजेन्द्र महतोले बैठक नै बहिष्कार गरेका छ्न भने अर्का नेता अनिल झा पनि अनुपस्थित रहेका छ्न ।

उहाँहरु निकटका केन्द्रिय सदस्यहरु पनि बैठकमा अनुपस्थित रहेका छ्न ।  लोसपा गठन भएको डेढ बर्ष पछि मात्र ३ सय  ११ सदस्य जम्बो केन्द्रिय समिति घोषणा गरेको थियो । उक्त समितिको विवादको कारणले नै पहिलो बैठकमा बरिस्ठ नेताहरूले बहिस्कार गरेका हुन ।

पछिल्ला निर्वाचनहरुमा  पार्टीको फितलो प्रदर्सन पछि पार्टीका नेता र कार्यकर्ताहरु निरास नै थिए । पार्टी भित्र उठेको नयाँ विवादले पार्टी भित्र  थप समस्या उब्जिएको  छ ।

मधेस भित्र नयाँ शक्तिहरु उदाइरहेको बेला लोसपा कमजोर हुँदै गएको छ ।  २०७४ को निर्वाचनमा चौथो ठुलो दला भएको तत्कालीन राजपा गत निर्वाचनमा राष्ट्रियदल पनि हुन सकेको थिएन ।

ताजा अपडेट
सम्बन्धित समाचार