संस्कृति मन्त्रीको अभिव्यक्तिमा निर्देशक खड्काको चुनौती "क्रिश्चियन धर्म मान्दिन, मलाई पक्राउ गर . "

27.7k Shares

नेपाली  चलचित्र निर्देशक, लेखक तथा ज्योतिष जनक खड्काले आज सामाजिक सञ्जालमा, विशेष गरी ईसाई धर्मलाई लक्षित गर्दै व्यक्ति विरुद्ध धर्म स्वीकृतिको बारेमा आफ्नो विचार व्यक्त गरेका छन् । खड्काले चुनौतीका साथ लेखेका छन् "क्रिस्चियनलाई स्वीकार गर्न सकिन्छ तर क्रिस्चियन धर्म मान्न सकिँदैन। क्रिस्चियन धर्म नमानेको भन्दै हथकडी लगाएर जेल जानु परेमा माननीय संस्कृतिमन्त्रीज्यू, पहिले मलाई पक्राउ गर्नुहोस् ।"

निर्देशकको टिप्पणी संस्कृति मन्त्री सुधन किराँतीको हिजो क्रिश्चियन कार्यक्रममा अभिव्यक्तिको प्रतिक्रियामा रहेको छ ।  जुन अभिव्यक्तीले सोशल मिडियामा चर्को बहस सुरु गरेको छ ।  खड्काले क्रिश्चियन धर्म प्रचार गर्नेहरूलाई देशद्रोही भएको आरोप लगाएका छन् । मानिसहरूलाई धर्म परिवर्तन गर्न प्रलोभनमा पार्ने प्रयास र येशू हिन्दू त्रीदेव भन्दा माथि रहेको दाबी गर्दै निशुल्क भन्दै झुक्याएर गीताअमृत, ज्ञान गंगा जस्ता नक्कली पुस्तकहरू ईशाईहरूले वितरण गरेको आरोप लागेका छन् ।

फेसबुकमा एक कमेन्टमा खड्काले संस्कृति मन्त्रीले सम्भवतः भीडलाई चित्त बुझाउन गैरजिम्मेवार बोलेको भन्दै सन्दर्भ बुझ्नु पर्नेमा जोड दिएका छन् । उनले नेपालको प्रचलित सनातनी मान्यतालाई बेवास्ता गर्ने धारणालाई चुनौती दिँदै ९३ प्रतिशत जनसङ्ख्या यही परम्परालाई मान्ने गरेको भन्दै बहुमत सनातन धर्मावलम्बीहरू भएको बताएका छन् । खड्काले हाल सनातन धर्मको प्रवर्द्धन गर्ने कार्यक्रम "युटोपिया-एक सुन्दर भविष्य" टेलिभिजनबाट ल्याउने तयारी गरिरहेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार