राष्ट्रियसभा सदस्य निर्वाचन: कृष्णप्रसाद सिटाैलाले गरे उम्मेदवारी दर्ता

11.4k Shares
सम्बन्धित पार्टी
यो पनि

माेरङ- राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा सिटौलाले उम्मेदवारी दर्ता गराएका हुन्।

सिटौलाको प्रस्तावक प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थक प्रदेशसभा सदस्य हिमाल कार्की रहेका छन्।

उम्मेदवारी दर्ताका लागि सिटौला आइतबार बेलुका विराटनगर आएका हुन्।

त्यसैगरी, नेकपा एमालले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुँदैछ।

ताजा अपडेट
सम्बन्धित समाचार