नयाँ गठबन्धनमा राप्रपालाई खोजिएन : किन हेपियो ?

7.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई गठबन्धनमा सामेल नगराउने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले बनाएको नयाँ गठबन्धनमा राप्रपालाई सहभागि नगराउने स्रोतले बताएको छ ।

नेकपा माओवादीले वामपन्थी दलहरूको सरकार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रका नेताहरुले वाम पार्टीको मात्रै गठबन्धन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

यसैबीच प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका छन् ।  यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिलेको सत्ताकेन्द्रित चलखेलमा सामेल नरहेको बताए । कांग्रेसँगको गठबन्धन फुट्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपालगायत दलको नयाँ गठबन्धन बनेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार