कर्णाली प्रदेश सरकार: काँग्रेसका ३ मन्त्रीले राजीनामा दिँदै

7k Shares
सम्बन्धित पार्टी

कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरिन लागेको हो ।

आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा काँग्रेसबाट तीन जना मन्त्री रहेका छन् । काँग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार