
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । सोमवार प्रधानमन्त्री प्रचण्डले ठाकुरलो भेटेर सरकारमा सहभागि हुन आग्रह गरेका हुन् ।
अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको बताउँदै यसलाई नियमित गर्न ठाकुरालाई आग्रह गरे । त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । तर, नयाँ गठबन्धन बनाउँदा आफूहरूसँग कुनै सल्लाह नलिएको गुनासो ठाकुरले छलफलका क्रममा गरेका थिए ।