

About
शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए।
नेपाली काँग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए| काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्।
राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए।
पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा एक छोरा जयबीर देउवाका पिता हुन् र उनकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिए।[२]