About
डा. युवराज खतिवडा (जन्म: वि.सं. ३० साउन २०१३) नेपाली अर्थविद् तथा नेपालका वर्तमान अर्थमन्त्री हुन्। यिनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर थिए।उनले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ तीन वर्ष (असार २०६३) मा अर्थशास्त्रीको रूपमा सेवा र डा.युवराज खतिवडा वि.सं. २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए। यस अघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख (वि.सं. २०५५-२०५८), वि.सं. २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र वि.सं. २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा एक अतिथि सङ्काय सदस्यको रूपमा कार्य गरेका थिए।
