उपेन्द्र यादव [ Upendra Yadav ]
समाजवादी पार्टी, नेपालका अध्यक्ष

About


उपेन्द्र यादव समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका संयोजक थिए।शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो।[स्रोत नखुलेको] उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। उनको दाजु डम्बर यादव खेती-किसानीमा संलग्न छन्हु। उनको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो। अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा प्राप्त गरे। त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिए। वि.सं. २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पस भर्ना भए। त्यहाँबाट आईएस्सी गरेपछि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर गरेका हुन्।