मोहम्मद लालबाबु राउत [ Lalbabu Raut ]
प्रदेश नं.२ को पहिलो मुख्यमन्त्री हुन्

About


मोहम्मद लालबाबु राउत गढ़ी (लालबाबु राउतको नामले पनि चिनीने) नेपालको प्रदेश नं.२ को पहिलो मुख्यमन्त्री हुन् ।[१] नेपालका सात सङ्घीय प्रदेशहरू मध्ये नेपालको प्रदेश नं. २ बाट  सङ्घीय समाजवादी फोरम, नेपाल पार्टीबाट संसदीय दलका नेता समेत रहेका उनी नेपालको मुख्यमन्त्री बन्ने पहिलो र हालसम्मको एक मात्र मुस्लिम नेता हुन् ।[२]गैरसरकारी संस्थाका रुपमा २०५७ सालमा फोरम स्थापना कालदेखी अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रुपमा सघाएका थिए ।[३]

पर्साका निवासी राउत पर्सा जिल्ला-२ (क)[४] बाट २०१७ मा प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए । यसभन्दा पहिले, उनले संविधानसभा सदस्यका रूपमा समेत कार्य गरेका थिए ।

१५ फरवरी २०१८ मा प्रदेश नं.-२ का राज्यपाल रत्नेश्वर लाल कायस्थले राज्यपालको कार्यालय जनकपुरमा राउतलाई पद एवं गोपनीयताको शपथ दिलाए ।